राष्ट्रिय भारोत्तोलन प्रतियोगिता भक्तपुरमा

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता भक्तपुरमा

भक्तपुरमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आयोजना हुने भएको छ । २४औं पुरुष तथा नवौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने भएको हो ।

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले युथ, जुनियर र सिनियर प्रतियोगिता मध्यपुर थिमिस्थित थिमी बैंक्वेटको हलमा हुने जानकारी दिएका छन् ।

पुस २७, २८ र २९ गते हुने प्रतियोगितामा झापा, उदयपुर, मोरंग, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, बारा, पर्सा, चितवन, कास्की, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, भक्तपुर, ललितपुर, काठमाडौंका टिम सहभागी हुनेछन् ।

टिप्पणीहरू