भारतीय वायुसेना प्रमुख कोरियामा

भारतीय वायुसेना प्रमुख कोरियामा

भारतका वायुसेना प्रमुख एयर चिफ मार्शल भीआर चौधरी चारदिने भ्रमणका लागि दक्षिण कोरिया पुगेका छन् । द्विपक्षीय सैन्य सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले चिफ मार्शल चारदिने भ्रमणका लागि दक्षिण कोरिया पुगेका हुन् ।

यसै महिनाको सुरुमा भारत र कोरिया आतंकवाद, चरमपन्थी र कट्टरपन्थीका चुनौतीहरूको सामना गर्नेलगायत रणनीतिक सहयोगलाई सुदृढ गर्न सहमत भएका थिए ।

दक्षिण कोरिया भारतका लागि हतियार र सैन्य उपकरणको प्रमुख आपूर्तिकर्ता समेत हो ।

टिप्पणीहरू