भारतीय सेनाको प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स

भारतीय सेनाको प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स

भारतीय सेनाले मध्य प्रदेशको महुमा क्वान्टम प्रयोगशाला स्थापना गरेको छ । सेनाले मध्य प्रदेशको महुमा रहेको सैन्य इञ्जिनियरिङ इन्ष्टिच्युटमा क्वान्टम कम्प्युटिङ प्रयोगशाला र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्र स्थापना गरेको हो ।

रक्षा मन्त्रालयले यसबारे जानकारी दिँदै भनेको छ, ‘राष्ट्रिय सुरक्षा परिषद् सचिवालय (एनएससीएस) को सहयोगमा सेनाले उक्त विकासशील क्षेत्रमा अनुसन्धान र प्रशिक्षणको नेतृत्व गर्न मध्य प्रदेशको मिलिटरी कलेज अफ टेलिकम्युनिकेशन इञ्जिनियरिङ, महुमा क्वान्टम ल्याब स्थापना गरेको हो ।’

भारतीय सेनाध्यक्ष जनरल मनोज मुकन्द नरवानेले हालै गर्नुभएको महु भ्रमणको क्रममा उक्त स्थलको निरीक्षण गरेका थिए ।

टिप्पणीहरू