नेकपा (एस) निकट अनेरास्ववियुको त्रिचन्द्र क्याम्पसमा संगठन

नेकपा एकीकृत समाजवादी निकट भातृ संगठन अनेरास्ववियुले काठमाडौंको त्रिचन्द्र क्याम्पसमा कमिटी गठन गरेको छ । विकास जंग शाहीको अध्यक्षतामा ५१ सदस्यीय क्याम्पस कमिटी गठन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद जोशी छन् भने उपाध्यक्षमा एसपी रानामगरलाई राखिएको छ । सचिवमा सुवास बिडारी, सह–सचिवमा रमेश कार्की, चिरन पन्त, विशाल सापकोटा, रिया सुन्दास, अर्जुन शाही र कोषाध्यक्षमा सन्ध्या भट्ट रहेका छन् ।

टिप्पणीहरू