सडकको डिभाइडरमा कार ठोक्किँदा चालक ठहरै

सडकको डिभाइडरमा कार ठोक्किँदा चालक ठहरै

गए राति भक्तपुरस्थित अरनिको राजमार्गमा तीब्र गतिमा गुडेको कार सडकको बीच भागमा राखिएका डिभाइडरमा ठोक्किँदा चालक बितेका छन् । नयाँथिमीबाट गठ्ठाघरतर्फ जाँदै गरेको कार दुर्घटनामा परेको हो ।

बा.४ च ५७६ नम्बरको कार दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका–१५ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साहको मृत्यु भएको हो । उनको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

उक्त कारले नजिकैका ट्याक्सी र बसलाई समेत ठक्कर दिएको थियो ।

टिप्पणीहरू