एउटी चेलीमाथि मुगुका ८ र अर्घाखाँचीका एक जना यौन पिपासुकाे अत्याचार

एउटी चेलीमाथि मुगुका ८ र अर्घाखाँचीका एक जना यौन पिपासुकाे अत्याचार

राजधानीमा एउटी महिलालाई मुगु जिल्लाका आठ जना र अर्घाखाँचीका एक जन यौन पिपासुले जबरजस्ती करणी गरेका छन् । उनीहरुले अस्ति दुई दिनसम्म विभिन्न गेष्टहाउसमा लगेर ३४ वर्षकी ती महिलालाई पालैपालौ बलात्कार गरेका हुन् ।

उनीहरुले नयाँ बसपार्क नजिकैका गेष्टहाउसहरुमा उक्त हर्कत गरेका थिए । महिलाको उजुरीपछि ७ जनालाई मंगलबार राति र दुई जनालाई हिजो पक्राउ गरिएको हो । प्रसुती गृहमा गरिएको शारिरिक परीक्षणपछि महिलालाई सामूहिक बलात्कार गरिएको पुष्टि भएको छ ।

प्रहरीले सो क्षेत्रको सीसीटीभी फुटेज र सूचनाको आधारमा अभियुक्तहरुलाई पक्रेको बताएको छ । नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएका अभियुक्तहरुमा मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोट घर भएका २३ वर्षका हिक्मत नेपाली, झाकोटकै वर्ष २३ का शिवहरी बुढा, वर्ष २४ का युवराज बढुवाल, सोही वडाका २२ वर्षीय रतन नेपाली, सोही वडाका वर्ष १९ का दिपक नेपाली, वर्ष २५ का हस्त नेपाली, वर्ष २४ को चन्द्र साउद रहेका छन् ।

पक्राउ परेका अन्यमा मुगुकै रारा नगरपालिका वडा नम्बर ६, लिउडी घर भएका वर्ष २१ का सुरेश सैजवाल र अर्घाखाँचीको शीतगंगा नगरपालिका १२ घर भई कपिलवस्तुको बुद्धभूमि बस्ने वर्ष ४३ का गोपालकुमार शिरिष हुन् ।

टिप्पणीहरू