एमाले नेतालाई गद्दार घोषणा गर्न माओवादी नेताको माग

एमाले नेतालाई गद्दार घोषणा गर्न माओवादी नेताको माग

नेकपा माओवादी केन्द्रको जारी राष्ट्रिय महाधिवेशनमा पार्टी छाडेर एमालेमा गएका रामबहादुर थापा बादललगायतका नेताहरुलाई गद्दार घोषणा गरिनुपर्ने माग उठेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथिको छलफलपछि सुझाव पेश गर्दै प्रदेश नम्बर १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मेक्सोले यस्तो माग गरेका हुन् । आफ्नो समूहको छलफलको निश्कर्ष सुनाउने क्रममा उनले बादललगायतलाई गद्दार घोषणा गर्न सुझाव दिएका हुन् ।

बादलहरुले क्रान्तिलाई धोका दिएकाले उनीहरुले गरेको गद्दारी बारे दस्तावेजमा उल्लेख गर्नुपर्ने उनको भनाइ थियो ।

टिप्पणीहरू