स्वर्ण जित्ने महिला टोलीलाई बधाई र शुभकामना भोलि

स्वर्ण जित्ने महिला टोलीलाई बधाई र शुभकामना भोलि

बंगलादेशको ढाकामा सम्पन्न एसिएन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेञ्ज कप २०२१ मा स्वर्ण पदक जित्ने नेपाली महिला भलिबल टोलीलाई भोलि बधाई तथा शुभकामना दिइने भएको छ । प्रतियोगितामा उपाधी चुम्न सफल टोली भोलि स्वदेश फर्कंदै छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले विजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना दिन लागेको हो । यसअघि खेलाडीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बधाई तथा शुभकामना दिइने गरिए तापनि यसपटक राखेपको प्राङ्गणमा बधाई दिन लागिएको हो ।

परिषद्ले जारी गरेको सूचनामा विमानस्थलमा भीडभाड बढी हुने भएकाले खेलाडीहरुलाई राखेप परिसरमा शुभकामना दिन लागिएको उल्लेख छ ।

राखेपले भोलि दिउँसो १ बजे खेलाडीहरुलाई शुभकामना दिने कार्यक्रम तय गरेको छ । नेपाली महिला भलिबल टोलीले फाइनलमा उज्बेकिस्तानलाई हराउँदै स्वर्ण हात पारेको हो ।

टिप्पणीहरू