गाउँपालिकाका सबै वडा सचिवविहीन

गाउँपालिकाका सबै वडा सचिवविहीन

बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै वडा कार्यालय सचिवविहीन भएको छ । एकैपटक ११ जना कर्मचारीहरूको सरुवा हुँदा पालिकाले दिने सेवा प्रभावित भएको छ ।

संघीय सरकारले स्थानीय तहका कर्मचारीको सरुवा खुला गरेपछि दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीको एकै पटक सरुवा भएको हो ।

गाउँपालिकामा कार्यरत एक जना इञ्जिनियर, दुई जना ओभरसियर तथा एक जना सबओभरसियर, पाँच जना वडा सचिव, एकजना आईटी अफिसर र एकजना आन्तरिक लेखा परीक्षकको सरुवा भएको बताइएको छ ।

कर्मचारीहरूको अन्यत्रै सरुवा भएपछि नियमित काम चलाउन मुश्किल भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । ‘बैतडीका पालिकाहरूमध्ये पहिलो पटक कर्मचारी भर्ना गर्ने हाम्रो पालिका हो ।

हालसम्म सरुवा रोकेकाले कर्मचारीको अभाव थिएन । तर अहिले संघीय सरकारले नयाँ नीति ल्याउँदा कर्मचारीहरूको सरुवा भयो । हामीलाई काम गर्न निकै असहज भएको छ,’ उहाँले दुःखेसो पोख्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार दोगडाकेदार गाउँपालिकाका आठ वडामध्ये वडा नम्बर १ बाहेकका सबै वडा सचिवविहीन भएको छ ।

टिप्पणीहरू