पाँचथरमा भीषण आगलागी

पाँचथरमा भीषण आगलागी

पाँचथरको फालेलुङ गाउँपालिका–३, ताङ्लेपामा मंगलबार राति भीषण आगलागी भएको छ । आगलागीमा ती वटा घर जलेका छन् । स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर आगलागीबाट नष्ट भएका छन् ।

घर जलेपछि केरुङका सुन, चाँदी, लत्ताकपडा, खाद्यान्न र नगदसहित ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

आजै बिहान सबेरै काठमाडौंको कमलपोखरी, कृष्ण पाउरोटी चोकमा ट्रान्सफरमर सर्ट भएर आगलागी भएको छ । आगलागी हुनेबितिक्कै प्रहरीले नियन्त्रणमा लिएकाले ठूलो क्षति हुन नपाएको बताइन्छ ।

टिप्पणीहरू