खराब मौसमका कारण हवाई उडान रोकियो

खराब मौसमका कारण हवाई उडान रोकियो

मौसममा अकस्मात आएको बदलावका कारण आन्तरिक उडान प्रभावित भएको छ । रातिदेखि नै राजधानिसहित देशका अधिकांश स्थानमा पानी परिरहेकाले उडान प्रभावित भएको हो । डोल्पा, लुक्ला, सिमिकोटलगायतका स्थानका सबै उडान रद्ध भएका छन् ।

विमानस्थल कार्यालयका अनुसार पोखरा र नेपालगन्जको मौसम खराब भएका कारण ती स्थानहरुमा पनि जहाजहरु उड्न सकेका छैनन् । अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ ।

एयरलाइन्स कम्पनीहरुले खराब मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको जनाएका छन् ।

टिप्पणीहरू