सडक दुर्घटनामा बैंक म्यानेजर बिते

सडक दुर्घटनामा बैंक म्यानेजर बिते

कपिलवस्तुको वाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा साइन रेसुङ्गा विकास बैंक, जितपुर शाखाका म्यानेजरको ज्यान गएको छ ।

गएराति भएको दुर्घटनामा वाणगंगा नगरपालिका– १ पिपराका अनुराग पाण्डेको ज्यान गएको हो ।

बा. ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिनुभएको छ ।

दुर्घटनामा सुदीप खनाल र राजेश शर्मा गम्भीर घाइते भएका छन् । पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन् ।

टिप्पणीहरू