धादिङको रुबिभ्यालीका वस्तीहरुमै हिमपात, जनजीवन प्रभावित

धादिङको रुबिभ्यालीका वस्तीहरुमै हिमपात, जनजीवन प्रभावित

-शंकर श्रेष्ठ

धादिङ–धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबिभ्यालीमा हिमपात भएको परेको छ। मंगलबार रातीदेखि वस्तीमै हिमपात सुरु भएको स्थानीयले बताएका छन्।

उत्तरीका उच्च पहाडी क्षेत्रमा पर्ने तिप्लिङ, सेर्तुङ, रि, लापा, सत्यदेवी, झार्लाङका माथिल्लो भेगमा हिउँ परेको छ। ‘मंगलबारदेखि नै गाउँमा घाम देखिएको थिएन, डाडाँमा सबैतिर हिउँ परेको छ,’ तिप्लिङकी समाया तामाङले भनिन्, ‘आज त बस्तीसम्म नै हिउँ आइपुगेको छ ।’

एक्कासी बएस्तीसम्म नै हिउँ परेपछि स्थानीयको जनजिवन प्रभावित बनेको छ। हिमपात भएपछि गोठमा लगिएका भेडाबाख्रा, चौरी, गाईगोरुको पनि विचल्ली भएको छ । स्थानीयहरुलाई वस्तुभाउ स्याहार्न र दाउरा ओत लगाउन भ्याइनभ्याई परेको छ । पानीका कारण करेसा बारीमा लगाएर सागपात सबै नष्ट भएका छन् ।

केहि वर्ष यता बस्तीमा हिउँ नपरेको भएपनि यस पटक सुरुवातमै बस्तीमा हिउ आइपुगेको स्थनीयहरुले बताएका छन् । असिना र पानी फेरी दोहोरियो भने र हिमपात बढ्यो भने चिसोका कारण कठ्याग्रिएर थप समस्या आउन सक्नेछ।

हिमपात सुरु भएको बस्तीहरुमा पुग्न सदरमुकाम धादिङबेसीबाट ३ तीन दिन पैदल हिड्नु पर्छ।

उत्तरी क्षेत्रको वर्षात र हिउँले सदरमुकाम आसपासमा पनि चिसो बढेको छ ।

टिप्पणीहरू