भारतीय जीप दुर्घटना, ५ को मृत्यु

भारतीय जीप दुर्घटना, ५ को मृत्यु

रौतहटमा जन्ती बोकेको भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । उनीहरुको गरुडास्थित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकहरुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको छ । उनीहरुको हालसम्म पनि पहिचान खुलेको छैन ।

रौतहटको गढीमाई नगरपालिका ३, गमहरियाबाट नरकटियातर्फ जन्ती बोकेर गएको उक्त जीप आज अपरान्ह दुर्घटनामा परेको हो ।

टिप्पणीहरू