थानकोटमा लागुऔषध समातियो, २० वर्षे युवक पक्राउ

थानकोटमा लागुऔषध समातियो, २० वर्षे युवक पक्राउ

प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा आज काठमाडौंको थानकोट नाकाबाट नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ । बाराको सतगञ्जबाट काठमाडौं आउँदै गरेको ना.६ ख ५०६७ नम्बरको यात्रुवाहक बसमा २ सय ९५ ट्याब्लेट नाइट्राभेट ट्याब्लेट फेला परेको हो ।

भारतको मोतिहारी बस्ने २० वर्षका उमाशंकर ठाकुरको साथबाट लागुऔषध फेला परेको हो । लागुऔषधसहित उनलाई नियन्त्रणमा लिइएपछि आजै काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीले जानकारी दिइएको छ ।

टिप्पणीहरू