किशोर किशोरीमा पनि कोरोना संक्रमण बढ्यो

किशोर किशोरीमा पनि कोरोना संक्रमण बढ्यो

पछिल्लो समयमा किशोर किशोरीमा कोरोनाको जोखिम ह्वात्तै बढ्न थालेको छ । केही दिनयता ११ देखि २० वर्ष उमेरका किशोर किशोरीमा कोरोना संक्रमणको जोखिम बढ्दो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २० जना किशोर किशोरीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै, १० वर्षमुनिका आठ जना संक्रमित थपिएका छन् ।

आज कोरोना संक्रमणबाट मुलुकभर दुई जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा दुई सय ६० जना संक्रमित थपिएका छन् । उक्त संख्या १२ हजार पाँच सय ६६ जनामा परीक्षण गरिँदा पुष्टि भएको हो ।

यो अवधिमा दुई सय ६० जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै चार हजार नौ सय १० जना सक्रिय संक्रमित छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ । कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ८८ पुगेको छ ।

आज काठमाडौंमा आठ सय १५ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ९८ र ललितपुरमा छ सय १८ जना संक्रमित रहेको बताइएको छ ।

टिप्पणीहरू