भारतका कारण माल्दिभ्सका राजनीतिक दलहरू विभाजित

भारतका कारण माल्दिभ्सका राजनीतिक दलहरू विभाजित

माल्दिभ्सका धेरै वटा राजनीतिक दलहरूले पूर्वराष्ट्रपति अब्दुल्ला यामिनको नेतृत्वमा ‘इण्डिया आउट’ अभियानको बिरोध गरेका छन् ।

नजरबन्दबाट रिहा भएपछि यामिनले लापरवाहीपूर्वक भारतप्रति जनतामा घृणा जगाइरहेको बताउँदै अन्य राजनीतिक दलहरूले उक्त अभियानको विरोध गरेका हुन् ।

केहि समयदेखि माल्दिभ्समा ‘इण्डिया आउट’ अभियान सडकमा र नारा सामाजिक सञ्जालमा देखिन थालेको छ । चीनसँग निकट मानिएका यामिनको कार्यकालमा भारत र माल्दिभ्सबीचको सम्बन्ध चिसिएको थियो ।

यामिनका सौतेनी भाइ,पूर्वराष्ट्रपति र माल्दिभ्स रिफर्म मुभमेन्ट पार्टीका नेता मौमुन अब्दुल गैयुम उक्त अभियानको विरोध गर्नेहरूमध्येका हुन् ।

यामिनले भने आफ्नो अभियान माल्दिभ्सको स्वतन्त्रता सुनिश्चित गर्ने उद्देश्यले थालिएको दाबी गर्दै आएका छन् ।

टिप्पणीहरू