बन्दसत्रभित्रै माओवादीको स्थायी समिति बस्यो

बन्दसत्रभित्रै माओवादीको स्थायी समिति बस्यो

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ। महाधिवेशनस्थल कमलादीस्थित प्रज्ञा भवनमा स्थायी समितिको बैठक बसिरहेको हो ।

आठौं महाधिवेशन चलिरहेका बेला नयाँ नेतृत्व सहमतिमै टुंग्याउने विषयमा छलफल गर्न स्थायी समिति बैठक बसेको बताइएको छ ।

आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङको विधान मस्यौदामाथि २५ वटा समूहमा छलफल भइरहेको छ ।

समूहका नेताहरूले बुधबार निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २ सय ९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

टिप्पणीहरू