सान्त्वना खेलमा नेपालको पहिलो ब्याटिङ

सान्त्वना खेलमा नेपालको पहिलो ब्याटिङ

एक खेल अगाडि नै यु–१९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले आज कुवेतविरुद्ध खेलिरहेको छ । यूएईस्थित आइसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १२ ओभरको खेल सकिँदा ३ विकेटको क्षेतिमा ७२ रन बनाएको छ।

खराब शुरुआत गरेको नेपालले २७ रनमै ३ विकेट गुमाइसकेको थियो। त्यसपछि क्रिजमा आएका विवेक मगर र बसिर अहमदले नेपालको पारि सम्हालेका छन् ।

यसअघिका दुई खेलमा लगातार पराजय बेहोरेको नेपाल आज सान्त्वना जितको खोजीमा छ । नेपाल बलिया दुई टोलि बंगलादेश र श्रीलंकासँग पराजित भएको थियो । पहिलो खेलमा बंगलादेशसँग १ सय ५४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले पराजित भएको थियो ।

कुवेतसमेत प्रतियोगितामा जितविहीन छ ।

यस समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

टिप्पणीहरू