माओवादी केन्द्रलाई निर्देशन ‘३ वटा शब्द हटाउनु’

माओवादी केन्द्रलाई निर्देशन ‘३ वटा शब्द हटाउनु’

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रलाई पार्टी विधानलाई संविधान र प्रचलित कानुनसम्मत बनाउन निर्देशन दिएको छ । उसले पार्टी विधानमा रहेका तीन वटा मुख्य राजनीतिक शब्दलाई हटाएर नयाँ विधान पेश गर्न भनेको हो ।

आगामी माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको निम्ति दल दर्ताको क्रममा माओवादीले पेश गरेको विधानबाट साम्यवाद,वर्ग संघर्षलगायत तीन वटा शब्द संविधानसम्मत नभएको भन्दै हटाउन आयोगले निर्देशन दिएको हो ।

आइतबारदेखि माओवादी केन्द्र आफ्नो आठौं महाधिवेशनमा व्यस्त छ । पाँच दिनको लागि तोकिएको महाधिवेशनमा अब उसले आयोगले भनेझैँ संविधानसम्मत नभएका शब्दहरु हटाउनु पर्ने अर्को कार्यभार पनि थपिएको छ ।

टिप्पणीहरू