रेशम चौधरीद्वारा जेलबाटै दल दर्ता

रेशम चौधरीद्वारा जेलबाटै दल दर्ता

कैलालीको टिकापुरमा भएको सामुहिक कर्तव्य ज्यान मुद्दाअन्तर्गत डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ता गर्ने भएका छन् । उनले पुस १९ गते नयाँ दल दर्ता गर्न लागेका हुन् ।

दुई सय एक जना केन्द्रीय सदस्य रहनेगरी निर्वाचन आयोगमा नागरिक समाजवादी पार्टी दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइन्छ । पार्टीको चुनाव चिन्ह ढकिया राखिने छ । ढकिया थारु समुदायमा निकै लोकप्रिय घरायसी प्रयोजनको सामान हो ।

रेशम छ वर्षअघि कैलालीको टीकापुरमा भएको नरसंहारमा संलग्न भएको पुष्टि भएपछि जेल जीवन बिताइरहेका छन् । उनी भूमिगत अवस्थामै उम्मेदवार बनेर तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट सांसद बनेका थिए । अहिले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निकट छन् ।

टिप्पणीहरू