ममतालाई प्रधानमन्त्री बनाउन दार्जिलिङका नेता तृणमूलतिर

ममतालाई प्रधानमन्त्री बनाउन दार्जिलिङका नेता तृणमूलतिर

गोर्खा टेरिटोरियल एडमिनिष्ट्रेसनका पूर्वअध्यक्ष तथा पूर्वगोर्खा जनमुक्ति मोर्चाका नेता विनय तामाङ ममता बनर्जीको तृणमूल काँग्रेसमा प्रवेश गरेका छन् । उनीसँगै उक्त मोर्चाका पूर्वविधायक रोहित शर्मा पनि सोही दलमा प्रवेश गरेका हुन् ।

उनीहरुको तृणमूल प्रवेश गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए) को चुनावभन्दा एक महिनाअगाडि भएको हो ।

उनीहरूले भाजपा नेताहरूले पश्चिम बंगाल राज्यलाई विभाजन गर्न खोजेकाले दार्जिलिङलगायत पहाडी क्षेत्रको विकासको लागि एकजुट भएर कार्य गर्न आफूहरु तृणमूलमा सामेल भएको प्रतिक्रिया दिएका छन् ।

ममतालाई गतिशील र दूरदर्शी नेताको रुपमा वर्णन गर्दै उनीहरुले आगामी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा हेर्न चाहेको बताएका छन् ।

भारतको सुन्दर दार्जिलिङले छुट्टै गोर्खाल्याण्ड राज्यको मागमा बारम्बार भएको हिंसात्मक आन्दोलन ब्यहोरेको छ । सन् २०१७ मा भएको १ सय ४ दिन लामो हड्तालपछि गोर्खा जनमुक्ति मोर्चामा विवाद शुरु भएको हो ।

टिप्पणीहरू