चिता बनाउने ठेक्का एयरबसलाई

चिता बनाउने ठेक्का एयरबसलाई

फ्रान्सको सैन्य हेलिकोप्टर निर्माण गर्ने ठेक्का एयरबसले पाएको छ । एयरबसले गरेको ट्विटमा सैनिक हेलिकोप्टर निर्माण गर्न लागिएको उल्लेख छ । अब बन्ने हेलिकोप्टरको नाम एच १६० एम गुएपार्ड राखिएको छ । यसलाई धेरै पहिलेदेखि नै सेनामा चिताको नाम दिइएको छ ।

फ्रान्सको वायु सेनासँग यसअघि नै अत्याधुनिक युध्दक विमानहरु छन् । उसले आगामी दिनमा अवलम्बन गर्न खोजेको फ्युचर कम्ब्याट एअरक्राफ्ट सिस्टमको निम्ति सोहीबमोजिमका विमानहरुको जोहो गर्न लागेको हो ।

नयाँ हेलिकोप्टर सन् २०२७ देखि त्यहाँको वायु सेना,सैनिक उडान र फ्रान्सेली नौसेनाको निम्ति उत्पादन गरिने छ । उक्त उत्पादनको निम्ति सरकारले ९ करोड ८० लाख अमेरिकी डलर एअरबस कम्पनीलाई बुझाउने छ ।

टिप्पणीहरू