कोरियामै नेपाली पत्रकारमाथि कारबाहीको माग

कोरियामै नेपाली पत्रकारमाथि कारबाहीको माग

नौ वर्षदेखि रोजगारीको सिलसिलामा दक्षिण कोरियामा कार्यरत सुरेश खत्रीले आफ्नो मानहानी गरिएको भन्दै कान्तिपुर अनलाइनमाथि कारबाहीको माग गरेका छन् । उनले उक्त संस्थाको सम्पादक समूहले आफ्नो चरित्र हत्या गरी फोटोसहितको समाचार छापेकाले कारबाहीको माग गर्दै दक्षिण कोरियास्थित पत्रकार महासंघलाईं पत्र लेखेका हुन् ।

पत्रकार सीताराम कार्कीलगायतले आफूलाई बिनाजानकारी गलत समाचार छापेर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनाएकाले विक्षिप्त भएको खत्रीले उल्लेख गरेका छन् । उक्त समाचारको बारेमा बुझ्न खोज्दा रकम कलमको कुरो उठाउँदै चेतावनी दिएकोमा उनले गुनासो समेत गरेका छन् ।

उनले महासंघलाई सम्बोधन गरेको पत्रमा लेखेका छन्, ‘केही पनि अपराधजन्य कार्य नगर्दै मेरो, व्यक्तिगत,सामाजिक,पारिवारिक सबै खालको जीवन र सम्बन्ध सिध्याउनका खोजेकोले म अत्यन्तै विक्षिप्त बनेको छु ।’

आफ्नो चरित्रहत्या भएकाले साइबर क्राइममा निज अनलाइन, सोअन्तर्गतका सम्बन्धित व्यक्तिलाई तत्काल कानुनबमोजिम कारबाही गर्न उनले उक्त निवेदन पेश गरेको उल्लेख गरेका छन् ।

भनेका छन्, ‘आफूले कुनै अपराधिक कार्य गरेको भए त्यसको सजाय भोग्न तयार छु ।’

टिप्पणीहरू