अस्पतालबाट घर फर्किए सलमान

अस्पतालबाट घर फर्किए सलमान

सर्पले टोकेपछि अस्पताल भर्ना भएका भारतीय अभिनेता सलमान खान घर फर्किएका छन् । अस्ति अस्पताल भर्ना भएका उनी पनवेलस्थित आफ्नो फार्महाउसमा फर्किएका हुन् ।

घर फर्किएका केहि तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । एउटा तस्बिरमा सलमान डाक्टर जलिल पारकरसँग र अर्कोमा अभिनेत्री तथा राजनीतिज्ञ विना काकसँगै देखिएका छन् । तस्बिरमा सलमानका धेरै फ्यानले स्वास्थ्यलाभको शुभकामना दिएका छन् ।

शुक्रबार राति परिवारसँग फार्म हाउसमा क्रिसमस मनाउन गएका उनलाई सर्पले टोकेको थियो । भारतीय चलचित्र अभिनेता, निर्माता, मौसमी गायक र टेलिभिजन प्रस्तोता रहेका सलमानको आज जन्मदिन समेत हो ।

टिप्पणीहरू