कोभिड अस्पताल ५ वर्ष मुनिका बालबालिकाले भरियो

कोभिड अस्पताल ५ वर्ष मुनिका बालबालिकाले भरियो

अमेरिकामा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण बढेसँगै त्यहाँका अस्पताल बालबालिकाले भरिएका छन् । पछिल्लो समय न्युयोर्कका अधिकांश अस्पताल कोभिड संक्रमित बालबालिकाले भरिएको समाचार सार्वजनिक भएको छ ।

कोभिडजन्य समस्याका कारण न्युयोर्क अस्पतालका बालबालिकासम्बन्धी वार्ड भरिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । बालबालिकामा कोभिड परीक्षण सुस्त गतिमा भएको गुनासो बढिरहेका बेला संक्रमित बालबालिकाले अस्पताल भरिएका हुन् ।

न्युयोर्कका कोभिड अस्पतालमा बालबालिकाको चाप चार गुणाले बढेको छ । भर्ना भएकामध्ये आधा बालबालिका पाँच वर्ष मुनिका छन् । यो उमेर समूहका बालबालिकाले अहिलेसम्म खोप लगाउन पाएका छैनन् ।

अमेरिकामा कोभिड संक्रमितको संख्या फेरि बढेको छ । जोन हप्किन्स युनिभर्सिटीका अनुसार पछिल्लो एक सातामा औसतमा दैनिक संक्रमितको संख्या १ लाख ९० हजारसम्म पुगेको छ ।

टिप्पणीहरू