चीनको पश्चिम भेगका नेता फेरिए

चीनको पश्चिम भेगका नेता फेरिए

चिनियाँ कम्युनिष्ट पार्टीले उत्तरपश्चिमको सिन्च्याङ प्रान्तका पार्टी प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । यसअघिका प्रमुख चन छ्वाङ्कौको स्थानमा मा सिङ्रुइलाई लगिएको छ ।

चीनका नाम चलेका राजनीतिज्ञमध्येका एकजना मा एरोस्पेस इञ्जिनियर हुन् । यसअघि क्वाङ्तोङ प्रान्तको गभर्नर रहेका उनलाई सिन्च्याङ प्रान्तको पार्टी सचिवको जिम्मेवारी दिइएको छ ।

जिम्मेवारीबाट हटाइएका चनलाई सम्भवतः माथिल्लो जिम्मेवारी दिन लागिएको बुझिएको छ । ६६ वर्षे चन चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य समेत हुन् । उनलाई उपप्रधानमन्त्री सरहको जिम्मेवारी दिने अड्कल लगाइएको छ ।

यसअघि मुस्लिम बहुल र अमेरिकी निगरानीको सिन्च्याङ्ग प्रान्तीय पार्टी सचिवको जिम्मेवारीमा रहेका उनका विभिन्न निर्णय र कार्यको अमेरिकालगायत पश्चिमा राष्ट्रहरुले मानवअधिकारको विषय उठाउँदै आलोचना गरेका थिए ।

टिप्पणीहरू