नेपाललाई घाटै घाटा, सबैभन्दा धेरै घाटा भारतसँग

नेपाललाई घाटै घाटा, सबैभन्दा धेरै घाटा भारतसँग

अत्यावश्यक वस्तुका लागि समेत परनिर्भरता बढेपछि नेपालको व्यापार घाटा ह्वात्तै बढेको छ । आयातको तुलतामा निर्यात न्यून भएपछि व्यापार घाटा बढ्दै गएको हो ।

चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा नेपालको १ सय ४३ वटा देशसँग व्यापारिक सम्बन्ध स्थापित भएकोमा १ सय २० वटा देशसँग भने व्यापार घाटा देखिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार उक्त अवधिमा नेपालले आठ खर्ब ३८ अर्ब रुपैयाँको वस्तु आयात गर्दा एक खर्ब दुई अर्ब रुपैयाँको मात्र निर्यात गरेको छ ।

यो अवधिमा सात खर्ब ३५ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ । नेपालको कुल व्यापार घाटामध्ये आधाभन्दा बढि भारतसँगको व्यापारमा देखिएको छ ।

मंसिरसम्म भारतमा ८४ अर्ब १५ करोड रुपैयाँ बराबरको निर्यात हुँदा पाँच खर्बभन्दा बढीको आयात भएको छ । नेपालमा पेट्रोलियम पदार्थ, खाद्य सामग्री, हरियो तरकारीलगायतका सामाग्री भारतबाट आयात हुँदै आएको छ ।

भारतपछि चीन, इन्डोनेसिया, अर्जेण्टिना, यूएई, अष्ट्रेलिया, अमेरिकालगायतका देशसँग व्यापारघाटा बढिरहेको छ । भारतपछि चीनसँग नेपालको एक खर्ब २१ अर्ब व्यापारघाटा देखिन्छ ।

मंसिरसम्ममा नेपालबाट चीनमा जम्मा ३८ करोड रुपैयाँ बराबरको सामान निर्यात हुँदा एक खर्ब २२ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

टिप्पणीहरू