मोटरसाइकल दुर्घटनामा युवक ठहरै

मोटरसाइकल दुर्घटनामा युवक ठहरै

मोटरसाइकल दुर्घटना हुँदा राजधानीमा एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकमा भएको मोटरसाइकल दुर्घटनामा २७ वर्षीय राजमान तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाग्मती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल चालक तामाङ सिन्धुपाल्चोक बाह्रबिसे घर भई काठमाडौंको थलीमा बस्दै आएका थिए । आज बिहान भएको दुर्घटनामा उनको ज्यान गएको हो ।

टिप्पणीहरू