अमरेशकुमारले डा.बाबुरामलाई किन कन्याए ?

अमरेशकुमारले डा.बाबुरामलाई किन कन्याए ?

नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा सर्लाहीबाट पराजित नेता तथा सभासद् अमरेशकुमार सिंहले हिजो दिउँसो दरबारमार्गस्थित होटल याक एण्ड यति होटेलमा जनता समाजवादीका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग लामो बातचित गरेपछि अनेक चर्चा हुन थालेको छ । नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयसङ्ग जोडिएका भूतपूर्व विद्यार्थी दुबै जना विभिन्न राजनीतिक विषयमा फरक दृष्टिकोण राख्छन् । तर,हिजो अमरेशकुमार सिंहको आग्रहमा भएको भेटवार्तालाई फरक ढंगले हेरिएको छ ।

नेपाली राजनीतिमा भट्टराई र सिंह दुवै भारतसँग नजिकको सम्बन्ध रहेको राजनीतिज्ञको रुपमा परिचित छन् । भट्टराईको तुलनामा सिंह ह्वाङ्गै देखिन्छन् । भारतीय स्वार्थको विषयमा उनका कतिपय भनाई र गराई शंकास्पद देखिँदै आएका छन् । तर,डा.भट्टराईलाई त्यो तहमा राखेर हेरिएको छैन ।

‘एमसीसी पारित गर्नुपर्छ भन्ने हाम्रा संघीय अध्यक्ष र विवादास्पद काँग्रेसी नेताको भेटलाई निको मानिएको छैन । भट्टराईलाई सिंहले त्यत्तिकै कन्याएनन् भन्ने लागेको छ ।’

हिजोको भेटघाटलाई अमेरिकी सहयोग परियोजना एमसीसीसँग समेत जोडिएको छ । एमसीसी सम्बन्धमा डा. भट्टराईले खुल्लमखुल्ला पारित गर्नुपर्ने अडान दोहोर्याउँदै आउनुभएको छ । तर, अमरेशकुमारले अहिलेसम्म त्यसबारे मुख खोलेको सुनिएको छैन ।

सिंहको आर्थिक तथा राजनीतिक सम्पन्नतालाई भारतीय संस्थापन पक्षसँगको अति निकटतासँग समेत जोडेर हेर्ने गरिएको छ । यसअघि नेपाली काँग्रेसको आन्तरिक राजनीतिमा नेता कृष्णप्रसाद सिटौला पक्षधरको रुपमा सक्रिय उनी यस पटक भने आफ्नै जिल्ला सर्लाहीमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

निकै विवादास्पद विगत भएका सिंहसँग हिजो डा. भट्टराईले गर्नुभएको भेटलाई स्वयम जनता समाजवादी पार्टीभित्रै अचम्म मानिएको छ । पार्टी निकट स्रोतले भनेको छ, ‘एमसीसी पारित गर्नुपर्छ भन्ने हाम्रा संघीय अध्यक्ष र विवादास्पद काँग्रेसी नेताको भेटलाई निको मानिएको छैन । भट्टराईलाई सिंहले त्यत्तिकै कन्याएनन् भन्ने लागेको छ ।’

टिप्पणीहरू