पैसा खोज्दै एटिएम मेशिन तोडफोड गर्नेको हालत

पैसा खोज्दै एटिएम मेशिन तोडफोड गर्नेको हालत

विराटनगर महानगरपालिका–३, कञ्चनबारीस्थित माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न भएको आरोपमा एक जना समातिएका छन् । पक्राउ पर्ने मोरङ रतुवामाई नगरपालिका–५ का २१ वर्पीय पारस कालीकोटे हुन् ।

उनलाई एटिएम मेसिन तोडफोड गरेको अवस्थामा हिजो राति १० बजेतिर पक्राउ गरिएको थियो । एटिएम तोडफोड गरेको सूचना पाउनासाथ घटनास्थल पुगेको प्रहरीले उनलाई पक्रेको हो ।

पक्राउ परेका कालीकोटेविरुद्ध कानूनी कारवाहीको निम्ति थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

टिप्पणीहरू