सुन्दरीघाटमा छापा हान्दा यस्तो अचम्म

सुन्दरीघाटमा छापा हान्दा यस्तो अचम्म

प्रहरीले आज दिउँसो ललितपुरको सुन्दरीघाटमा छापा हान्दा भनिएको एउटा तर सामान अर्कै फेला परेको छ । प्रहरीले राजश्व अनुसन्धान विभागसँग मिलेर छापा मारेको बताएको छ ।

छापामारेपछि अवैध आशंका गरिएको ७८ बोरा सामान जफत गरिएको हो । भन्सार छलेर ल्याइएको आशंका गरिएको उक्त सामानलाई दिउँसो राजश्व अनुसन्धान विभागलाई समेत बुझाइएको राजश्व स्रोतको दाबी छ ।

अवैध रुपमा ल्याइएको दुध जस्तै देखिने पाउडर रहेको ७८ बोरा प्रहरीले बरामद गरेको हो । भक्तपुरको जुजुधौ जस्तै चक्का परेको दही र राम्रो आइसक्रिम बनाउन प्रयोग गरिने पाउडर विदेशबाट मगाइएको हो । तर, सामान आयातको प्रज्ञापनपत्र र बिजकमा गाईवस्तुलाई खुवाइने खानेकुरा उल्लेख छ ।

उक्त सामान नारायणी रेफ्रिजेरेशन एण्ड सप्लायर्स भन्नेले भरत डेरीले पाउने गरी घिमिरे ट्रेडिङ कन्सर्नलाई पठाएको खुलेको छ । ती सामान ट्रान्सपोर्टका यातायात साधानमा भएको अवस्थामा छापा मारिएको हो । उक्त कन्टेनरलाई प्रहरी टोलीले हिजै लक गरेको थियो ।

आज दिउँसो राजश्वको रोहबरमा छापा मारेर सामान बरामद गरिए पनि सम्बन्धित व्यक्ति पक्राउ परेका छैनन् । अब आयातकर्ता र सामान प्रयोगकर्ताको खोजी थालिएको राजश्व अनुसन्धानले बताएको छ ।

टिप्पणीहरू