सिपी गजुरेलद्वारा माओवादी सङ्ग मिल्न बिभिन्न शर्त

सिपी गजुरेलद्वारा माओवादी सङ्ग मिल्न बिभिन्न शर्त

नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव गरेका छन् ।

माओवादी केन्द्रको आजबाट शुरु आठौं महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि प्रस्ताव गरेका हुन् ।

त्यसको लागि उनले माओवादी सशस्त्र विद्रोहले तय गरेका एजेण्डा स्थापित गराउनेदेखि एमसीसी खारेज गर्नुपर्नेसम्मका शर्त अघि सारेका छन् ।

‘माओवादी जनक्रान्तिले तय गरेका एजेण्डा कार्यान्वयन गर्ने,राष्ट्रघाती एमसीसी खारेज गर्ने निर्णय गर्नुहोस्,’उनले भने, ‘यी निर्णय भयो भने माओवादी एकताका लागि छलफलको बाटो खुल्नेछ ।’

टिप्पणीहरू