राप्ती राजमार्ग दिनहुँ ८ घण्टा बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

राप्ती राजमार्ग दिनहुँ ८ घण्टा बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड आजबाट दैनिक आठ घण्टा बन्द भएको छ । सल्यान–दाङ सडकखण्डमा पर्ने कपुरकोट–चोरखोला सडकखण्डमा सडक स्तरोन्नति गर्न लागिएकाले आगामी १५ दिनसम्म दैनिक आठ घण्टा सडक बन्द गरिने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

आगामी २५ गतेसम्म दैनिक तीन पटक गरेर सडक बन्द गरिने बताइएको छ । बिहान ७ बजेदेखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।

उक्त समयमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सक्ने विकल्प दिइएको छ । यसअघि पनि राप्ती राजमार्गअन्तर्गत दाङ खण्डमा स्तरोन्नतीको नाममा दुई हप्ता सडक बन्द गरिएको थियो ।

टिप्पणीहरू