१४ वर्षे किशोरद्वारा उस्तै उमेरकी किशोरीमाथि जबर्जस्ती

१४ वर्षे किशोरद्वारा उस्तै उमेरकी किशोरीमाथि जबर्जस्ती

महोत्तरीको बर्दिबास नगपालिका–९, पशुपतिनगरमा १४ वर्षका एक किशोर जबर्जस्ती करणी प्रयासको आरोपमा पक्राउ परेका छन् ।

स्थानीय १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको मौखिक उजुरीको आधारमा वडा नम्बर ७ मनहरीपुरका किशोरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

उनले घाँस काट्ने क्रममा बालिकालाई करणी गर्न खोजेको परिवारको आरोप छ । तर अहिलेसम्म पीडित पक्षले लिखित जाहेरी भने दिएको छैन । जाहेरी प्राप्त नभएसम्म आरोपित किशोरको पहिचान खुलाउन नमिल्ने प्रहरीले बताएको छ ।

किशोरलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ । जाहेरी प्राप्त भएपछि थप अनुसन्धान अगाडि बढाउने इलाका प्रहरी कार्यालय गौरीडाडाले जनाएको छ ।

टिप्पणीहरू