भारतमा ओमिक्रोन संक्रमित ४ सय नाघ्यो

भारतमा ओमिक्रोन संक्रमित ४ सय नाघ्यो

भारतमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ४ सय २२ पुगेको छ । संक्रमितमध्ये सबैभन्दा बढी महाराष्ट्रका छन् । त्यहाँ १ सय ८ जनामा नयाँ भेरिएन्ट देखिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनबाट संक्रमित ४२ जना निको भएर घर फर्किएका छन् । त्यस्तै, दिल्ली र गुजरातमा क्रमशः ७९ र ४३ जनामा ओमिक्रोन संक्रमित भेटिएका छन् ।

दक्षिणको तेलंगना राज्यमा ४१ जना र केरलामा ३८ जनामा ओमिक्रोन पाइएको छ । ओमिक्रोन संक्रमितमध्ये धेरैले कोभिडविरुद्धको खोप लगाइएको प्राप्त समाचारमा उल्लेख छ ।

टिप्पणीहरू