माओवादीको महाधिवेशनमा छ्याप्छ्याप्ती प्रहरी

माओवादीको महाधिवेशनमा छ्याप्छ्याप्ती प्रहरी

नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै नेपाल प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा पारेको छ । उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी परिसरले महाधिवेशनस्थल राष्ट्रिय प्रज्ञा प्रतिष्ठान वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख दिनेशराज मैलालीका अनुसार महाधिवेशनको सुरक्षामा एसपीको नेतृत्वमा पाँच सयको संख्यामा प्रहरीको टोली परिचालन गरिएको छ । नेपाल प्रहरीका साथै, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको टोली पनि महाधिवेशनस्थल र मुख्य सडक क्षेत्रमा परिचालन गरिएको उनले जानकारी दिए ।

महाधिवेशनको आन्तरिक व्यवस्थापनमा भने माओवादीको युवा संगठन वाईसीएललगायत जनवर्गीय संगठनका स्वयंसेवक टोली खटाइएको छ ।

शुक्रबारदेखि नै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

टिप्पणीहरू