ओलीले गरे प्रचण्डको निम्तो अस्वीकार

ओलीले गरे प्रचण्डको निम्तो अस्वीकार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रेको राष्ट्रिय महाधिवेशनमा नजाने भएका छन् । माओवादी केन्दको आज दिउँसो प्रज्ञा भवन कमलादीमा आयोजित आठौँ राष्ट्रिय महाधिवेशनमा ओलीले आफु झापामा भएकाले आउन नसक्ने बताएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए । तर ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरेललाई पठाउने बताएका थिए । यस अघि एमालेको १० औं महाधिवेशनमा प्रचण्ड आफु नगएर स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएका थियो ।

महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दलहरु सहभागि हुने छन् ।

टिप्पणीहरू