भारतीय राज्यहरुमा फेरि लाग्यो कर्फ्यू

भारतीय राज्यहरुमा फेरि लाग्यो कर्फ्यू

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिन थालेपछि जताततै कर्फ्यू लगाइएको छ । पछिल्लो पटक हरियाणामा कर्फ्यू घोषणा गरिएको छ ।

शुक्रबार राति क्रिसमस इभसँगै हरियाणामा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको छ । मुख्यमन्त्री मनोहरलाल खट्टरका अनुसार ओमिक्रोनको फैलावटलाई लक्षित गरेर आगामी दिनमा कर्फ्यूबारे थप निर्णय गरिने छ ।

यसअघि नै मध्यप्रदेश र उत्तर प्रदेशमासमेत यस्तै खालको कर्फ्यू लगाइएको छ ।

उता महाराष्ट्रमा पनि शुक्रबार रातिदेखि कर्फ्यू घोषणा गरिएको छ । त्यहाँ राति ९ बजेदेखि बिहान ६ बजेसम्म हिंड्डुलमा प्रतिवन्ध लगाइएको छ । रातको समय अत्यावश्यक काममा जाँदा पाँच जनाभन्दा बढी सँगै हिँड्न नपाइने नियमसमेत लगाइएको छ ।

“ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएपछि विद्यालयहरुमा भौतिक उपस्थितिवीच हुँदै आएको अध्ययन र अध्यापन कार्यलाई रोक लगाइएको छ ।”

दिउँसोको समयमा हुने विवाह तथा धार्मिक कार्यहरुमा सहभागी हुने मानिसको संख्या पनि तोकिएको छ । बन्दस्थलमा बढीमा एक सय जना र खुल्ला ठाउँमा बढीमा दुई सय पचास जनाले मात्र सहभागी हुन पाउँछन् । होटल र स्पाहरुमा पनि ५० प्रतिशतले कटौती गर्न निर्देशन दिइएको छ ।

उता तेलङ्गना राज्यमा पनि ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएपछि विद्यालयहरुमा भौतिक उपस्थितिवीच हुँदै आएको अध्ययन र अध्यापन कार्यलाई रोक लगाइएको छ । अब त्यहाँ फेरि अनलाइन कक्षा थालनी गरिएको छ ।

टिप्पणीहरू