लडाकू जेट दुर्घटनामा अर्का क्याप्टेन पनि शहीद

लडाकू जेट दुर्घटनामा अर्का क्याप्टेन पनि शहीद

भारतीय वायुसेनाको मिग २१ लडाकू जेट विमान राती ८:३० बजे दुर्घटना हुँदा अर्का एक जना शहीद भएका छन् । राजस्थानको जैसलमेरमा भएको विमान दुर्घटनामा पाइलट मारिएका हुन् ।

भारतीय वायुसेनाको मिग २१ विमान शुक्रबार राजस्थानको जैसलमेरमा प्रशिक्षण उडानको क्रममा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा विङ कमाण्डर हर्शिद सिन्हाको मृत्यु भएको छ । जैसलमेर एयर बेसबाट उडेको विमान मरुभूमि राष्ट्रिय निकुञ्जमा दुर्घटनाग्रस्त भएको हो ।

दुई साताअघि सेनाको हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका सिडिएस जनरल विपिन रावतलगायत एक दर्जन बढी अधिकृत तथा अन्य दर्जाका कर्मचारीको निधन भएको थियो ।

टिप्पणीहरू