गृहमन्त्रीको जिल्लाबाट गाई–गोरु ह्वार्ह्वारी

गृहमन्त्रीको जिल्लाबाट गाई–गोरु ह्वार्ह्वारी

तराई विशेषगरी भारतीय सीमा क्षेत्रमा केही समयअघि सुस्ताएको गाई र गोरु तस्करी अहिले फेरि मौलाएको छ । विगतमा बाँके र झापा जिल्लामा देखिएको चौपाया तस्करीको रफ्तार अहिले रुपन्देहीमा सरेको हो ।

विगतमा कतिपय स्थानीयबासी नै तस्करीमा संलग्न हुन्थे भने अहिले स्थानीयले अवरोध पुर्याउन थालेको देखिएको छ । हालै रुपन्देहीको मुग्लाहाबाट भारततर्फ लैजाँदै गरिएको एक हुल गाई र गोरुलाई रोक्दै स्थानीयले तस्करका सहयोगीसँग सवाल जवाफ गरेका थिए ।

तस्करहरुका सहयोगीले चौपायालाई सीमाना कटाएवापत एक हजार रुपैयाँ प्राप्त हुने बताएका छन् । तर, स्थानीयले त्यति थोरै रकममा यति ठूलो जोखिम किन मोलेको भनेर जिज्ञासा राख्दा उनीहरु नाजवाफ भएको भिडियो सुन्न सकिन्छ । स्थानीयले चोरी निकासी हुँदै गरेको एक हुल गाई र गोरुलाई मध्यरात भारत लैजानबाट रोकेका हुन् ।

टिप्पणीहरू