देउवा र प्रचण्ड बालकोट जाने

देउवा र प्रचण्ड बालकोट जाने

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष नेकपा एमाले मुलुक र जनताप्रति गैरजिम्मेवार बनेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागी नभएर एमालेले गैरजिम्मेवार प्रवृत्ति देखाएको उहाँको भनाइ छ ।

एमसीसी र संसदको अवरोध खुलाउनेबारे छलफल गर्न बोलाइएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओली नआएको भन्दै उहाँले प्रधानमन्त्री देउवालाई आफूहरु नै बालकोट जान भनेको पनि सुनाउनुभयो । ‘उनी त्यस्तै छन्, आउँदैनन्, के गर्ने तपाईं र म नै बालकोट जाउँ भनेको छु,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जो सिष्टम, लोकतन्त्र, संविधानप्रति प्रतिवद्ध छ जिम्मा त उसैले लिनुपर्यो नि १’

ओलीले गठबन्धन तोड्ने शर्तमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी पारित गर्न सघाउने प्रस्ताव गरेको भन्दै उहाँले गठबन्धन तोडे मात्रै एमसीसीमा पार्टीको पोजिसन बनाउने कस्तो राजनीति हो भनेर प्रश्न पनि गर्नुभयो ।

राष्ट्रिय सम्मेलनको अघिल्लो दिन आज काठमाडौँमा आयोजित सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा बोल्दै प्रचण्डले गठबन्धन तोडे काँग्रेसलाई एकल सरकार चलाउन दिने र एमसीसी पारित गर्न सघाउने ओलीको प्रस्तावलाई अराजनीतिक भन्नुभयो ।

आफूहरुलाई वामपन्थी भएर पनि काँग्रेससँग मिलेको आरोप लगाउने ओली अहिले आफैँ काँग्रेसलाई एकल सरकार चलाउन प्रस्ताव गरिरहेको प्रचण्डको भनाइ छ ।

टिप्पणीहरू