पत्रकारहरुलाई कथा सुनाउँदै प्रचण्डले भन्नुभयो– अब गर्जिने हो

पत्रकारहरुलाई कथा सुनाउँदै प्रचण्डले भन्नुभयो– अब गर्जिने हो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई २०६४ सालकै अवस्थामा फर्काउने दाबी गर्नुभएको छ । पार्टीको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्दै उहाँले माओवादीलाई बलियो बनाएर परिवर्तनका एजेण्डाको रक्षा गरिने बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले मुलुकमा अहिले पनि प्रतिगमनको खतरा कायमै रहेकाले माओवादी पार्टी बलियो हुनुपर्ने पनि बताउनुभयो । माओवादीकै नेतृत्वमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वजस्ता अग्रगामी परिवर्तन भएकाले त्यसको रक्षा र विकासका लागि माओवादी बलियो हुनुपर्ने उहाँको भनाइ छ।

शान्ति प्रक्रियामा आएसँगै माओवादी पार्टी बिग्रन शुरु भएको पनि स्वीकार गर्नुभयो ।

‘दुई पटकसम्म संसद विघटन गरेर यो परिवर्तन उल्ट्याउने कोसिस भयो । तर, हामीले त्यसका विरुद्ध लाखौँ जनता सडकमा उतारेर उनीहरुको प्रयास सफल हुन् दिएनौं,’ प्रचण्डले भन्नुभयो, ‘अहिले पनि यो परिवर्तन उल्त्याउन पर्छ भन्नेहरु चुप लागेर बसेका छैनन् । त्यसबारे पनि हामी राष्ट्रिय सम्मेलनमा गम्भीर ढंगले छलफल गर्छौँ ।’

प्रचण्डले शान्ति प्रक्रियामा आएसँगै माओवादी पार्टी बिग्रन शुरु भएको पनि स्वीकार गर्नुभयो । क्रान्तिकारी रुपान्तरण गरेर मुलुकलाई नयाँ दिशा दिन राष्ट्रिय सम्मेलनले नयाँ बिचारको विकास गर्ने पनि उहाँको दाबी छ ।

सिंह र भेडाको कथा सुनाउँदै उहाँले भन्नुभयो, ‘भेडाको बथानमा मिसिएर हामी पनि भेडाजस्तै भएका थियौँ, अब सिंह बनेर गर्जिंछौँ, हेर्नुहोला ।’

टिप्पणीहरू