नारायणीमा किन हामफालिन् ती महिला ?

हिजो दिउँसो नारायणी नदीमा हामफालेकी महिलालाई उध्दार गरिए पनि अस्पताल पुगेलगत्तै मृत घोषणा गरिएको छ ।

व्यस्त नारायणी पुलबाट दिउँसो १ बजेको हाराहारीमा फाल हानेकी उनी चितवनकै वासिन्दा भएको खुलेको छ ।

नदीमा हामफालेपछि प्रहरीले जीवितै उध्दार गरेको थियो । तर, भरतपुर अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दिउँसोसम्म सनाखत हुन नसकेको महिलाको शव साँझ पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार मृतक माडी नगरपालिका ७ गोपालनगरकी ३८ वर्षकी मीनाकुमारी प्रसाईं हुन् । हिजो अबेर उनकै श्रीमान् सुरेश प्रसाईंले शव बुझेका थिए ।

टिप्पणीहरू