माओवादीको सम्मेलनमा प्रतिनिधिको संख्या थपियो

माओवादीको सम्मेलनमा प्रतिनिधिको संख्या थपियो

नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनमा प्रतिनिधिको संख्या बढ्ने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले मनोनितबाट प्रतिनिधिको संख्या बढाउने निर्णय गरेको हो ।

माओवादीले ५ प्रतिशत प्रतिनिधि मनोनयन गर्ने भनेको थियो । आजको बैठकले त्यसलाई बढाएर १० प्रतिशत पुर्याएको छ । १० प्रतिशत मनोनयन गर्दा १ सय ४८ जना प्रतिनिधि छानिने छन् । माओवादीले यसअघि सम्मेलनमा १५ सय ३३ प्रतिनिधि निश्चित गरेको थियो, तर, मनोनितको बढेपछि अब त्यो संख्या १६ सय ८ पुग्ने छ ।

त्यस्तै, प्रतिनिधि मनोनयन गर्ने जिम्मा बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

माओवादीले आगामी पुस ११–१३ मा काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दैछ ।

टिप्पणीहरू