मधेशको यौटा मुद्दामा एकीकृत समाजवादी र एमाले एकै ठाम

मधेशको यौटा मुद्दामा एकीकृत समाजवादी र एमाले एकै ठाम

राजनीतिक रुपले एक-अर्कालाई सिध्याउने घोषित अभियानमा हिँडेका एमाले र एकीकृत समाजवादी एउटा मुध्दामा भने एकै ठाउँ उभिएका छन् । प्रदेश २ को नामाकरणसम्बन्धमा दुवै पार्टीबीच समान धारणा देखिएको हो ।

केन्द्रमा एकीकृत समाजवादीलाई राजनीतिक दलको हैसियत दिनसमेत अस्वीकार गरेको एमालेले उसैले प्रस्ताव गरेको ‘जानकी प्रदेश’ लाई समर्थन गरेको छ । शुरुमा एमालेले प्रदेशको नाम ‘जनक प्रदेश’ राख्न प्रस्ताव दर्ता गराएको थियो । तर समाजवादीले ‘जानकी प्रदेश’ राख्न प्रस्ताव गरेपछि एमाले पनि त्यसैमा सहमत भएको हो ।

प्रदेशसभाको आजको बैठकमा एमालेकी सांसद शारदादेवी थापाले जानकी प्रदेशमै आफूहरुको समर्थन रहेको बताएकी थिइन् । एमालेका तर्फबाट सांसद थापाले जनक प्रदेश तथा एमाले विभाजन हुनुअघि प्रमोदकुमार यादवले ‘जानकी प्रदेश’ नाम प्रस्ताव गरेका थिए ।

एमाले सांसद थापाले जानकी प्रदेश नाम राख्दा कुनै आपत्ति नरहेको बताउँदै मुख्यमन्त्री लालबाबु राउतले समेत प्रदेशमा छोरीहरुका लागि विभिन्न अभियान सञ्चालन गरेकाले यहि नाम उचित हुने बताएकी थिइन् ।

टिप्पणीहरू