कांग्रेसले ठूलो भाग खोजेकोले मन्त्रालय थपिएको होइन: इन्द्र बानिया

कांग्रेसले ठूलो भाग खोजेकोले मन्त्रालय थपिएको होइन: इन्द्र बानिया

धादिङ– बागमती प्रदेशमा गठबन्धनकै सहमति अनुसार मन्त्रालय थप गरिएको नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाले बताएका छन् । संसदमा कांगेसको उपस्थिति पनि ठूलो भएको र संविधानको मर्म अनुसार नै मन्त्रालय थप गरिएको उनले स्पष्ट पारे ।

‘कांग्रेसले ठूलो भाग खोजेकै कारण मन्त्रालय विस्तार गर्नु परेको होइन । कामको बाँडफाँड र सबैलाई समेटेर लैजाने क्रममा अलि ठूलो बन्न गएको हो’ बानियाले भने,– ‘आफ्नो उपस्थितिको आधारमा मन्त्रीमण्डल माग्दा अश्वभाविक मान्न हुँदैन ।’

एमालेको सरकारले गरेको निर्णय गठबन्धनको सरकार आएपछि किन उल्टाइयो भन्ने प्रश्नमा बानियाले भने, ‘पहिलाको सरकारले गरेको बेतिथिलाई सुल्टाएको हो, उल्टाएको होइन । हिजो भएको बेतिनिथिलाई सच्याउन केही योजना स्थगित गरिएको हो ।’

नेपाली काँग्रेस बागमती प्रदेशको सभापति भएपछि बाँनिया पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुन धादिङ आएका हुन् ।

टिप्पणीहरू