भारतमा ‘नो मास्क, नो सामान’ अभियान

भारतमा ‘नो मास्क, नो सामान’ अभियान

छिमेकी मुलुक भारतको उत्तरी प्रदेशमा भोलिदेखि कर्फ्यू लाग्ने भएको छ । ओमिक्रोनको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै भारत सरकारले भोलिदेखि कर्फ्यू जारी गर्ने निर्णय गरेको हो ।

उत्तर प्रदेश सरकारले ओमिक्रोनका संक्रमित बढिरहेका बेला पूर्वसावधानी स्वरुप राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो । मध्य प्रदेश सरकारले हिजो नै रात्रिकालीन कर्फ्यू लगाउने घोषणा गरेको थियो ।

सरकारले कर्फ्युसंगै विभिन्न निर्देशन पनि जारी गरेको छ । निर्देशनमा विवाह समारोहमा दुई सयभन्दा बढी सहभागी हुन नपाउने भनिएको छ ।

‘नो मास्क, नो सामान’ भन्ने सन्देशसहित बजारमा व्यापारीलाई सचेत गराइदैछ । अन्य मुलुकबाट भारत जानेहरुलाई कोभिड परीक्षण अनिवार्य गरिएको छ । साथै, उनीहरुलाई क्वारेन्टाइनमा राख्न वा आवश्यकता अनुसार अस्पतालमा भर्ना गर्न निर्देशनहरू जारी गरिएको छ ।

भारतको अल्लाहवादस्थित उच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उत्तर प्रदेशको विधानसभा चुनाव रोक्न अपिल गरेको केही घण्टापछि रात्रिकालीन कर्फ्यू लगाउने निर्णय भएको हो ।

पछिल्लो समय कोभिड १९ को नयाँ ओमिक्रोन भेरिएन्टका संक्रमित बढ्न थालेपछि भारतका कैयौं राज्यमा सतर्कता अपनाउन थालिएको हो । केन्द्र सरकारले समेत राज्य सरकारलाई ठूला कार्यक्रममाथि रोक लगाउन र राति कर्फ्यू लगाउन सल्लाह दिएको छ ।

टिप्पणीहरू