एमसीसी छलफलका लागि जनतामा पठाउन माधव नेपालको माग

एमसीसी छलफलका लागि जनतामा पठाउन माधव नेपालको माग

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमसीसीबारे थप अध्ययनको आवश्यकता रहेको बताउनुभएको छ । थप अध्ययन गरेर मात्र सदनबाट पारित गराउने प्रक्रिया अगाडि बढाउनु पर्ने उहाँको भनाइ छ ।

अगुवा कार्यक्रता भेलालाई सम्बोध गर्न सल्यान पुग्नुभएका अध्यक्ष नेपालले आज त्यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा आर्थिक सहयोग मात्र भए एमसीसी पास हुने र अन्यथा फिर्ता पठाइने बताउनु भएको हो ।

‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं ,’ उहाँले भन्नुभयो ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग नि:स्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्वीकार्दैनौं ।’

एमसीसी पास गर्ने अधिकार जनतामा रहेकोले छलफलका लागि जनतामा लैजानु पर्ने अध्यक्ष नेपालले बताउनुभयो ।

टिप्पणीहरू