कोरोना संक्रमण दर उस्तै, आज १ जना बिते

कोरोना संक्रमण दर उस्तै, आज १ जना बिते

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या केही दिनयता एक अंकमा झरेको छ । कोरोना संक्रमणको दर पनि हिजोआज तीन सयको हाराहारीमा पुगेको छ ।

आज कोरोना लगेर एक जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा संक्रमणबाट एक जनाको मृत्यु र दुई सय ६० जना संक्रमित थपिएका हुन् । यो संख्या ११ हजार आठ सय ९८ जनामा परीक्षण गरिँदा पुष्टि भएको हो ।

गत २४ घण्टामा तीनसय ४९ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर अझै पाँच हजार ४८ जना सक्रिय संक्रमित छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ प्रतिशत रहेको छ । कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ८२ पुगेको छ ।

त्यस्तै, पछिल्लो आँकडाअनुसार काठमाडौंमा सात सय ९५ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा पाँच सय एक र ललितपुरमा छ सय छ जना संक्रमित छन् । त्यस्तै, १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २९ जना कोरोना संक्रमित थपिएका छन् ।

टिप्पणीहरू